बोदे बरसाईन । सप्तरीको बलान बिहुल गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम भएको छ । इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र लहान द्वारा संचालित महिला र सीमान्तकृत समूहहरुलाई लैंगिक न्यायको सुदृढीकरणू परियोजना अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बलान बिहुल गाउँपालिका समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन तथा न्यायका लागि नागरिक संजालको आयोजनामा महिला हिंसा विरुद्धको छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले सामाजिक दृष्टिकोणमा परिवर्तन आउन नसक्दा महिलाहरु अहिलेसम्म विभेद भोग्नु परेको बताउदै भने ू बलान बिहुलका सामुदायिक विद्यालयहरू छात्रामैत्री बनाउने बताउनुभयो ।

बलान बिहुलका कार्यपालिका सदस्य संजिव शर्माले परमपरागत रुढीबादी र महिलालाई स्रोत, साधन, सम्पति र पहुँचबाट बन्चित गरिँदा समाजमा महिला हिंसाका घट्ना बढ्दै गएको बताए ।
बलान बिहुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताले महिला हिंसा न्यूनीकरणका लागि राज्यले कानुन बनाएको भएतापनि महिला हिंसा बढ्दै जानु चिन्ताको विषय भएको बताए । महिला हिंसा घरबाटै न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
सो कार्यक्रममा श्री जनता गरहाई माध्यमिक विद्यालयका प्रधानाध्यापक किसुन यादव, न्ययायका लागि नागरिक संजाल समिति सदस्य पत्रकार रासिन्द्र यादव, लगायले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बलान बिहुल वडा नम्बर(१ का वडा अध्यक्ष रामकुमार यादव, वडा( का वडा अध्यक्ष इन्द्रदेव यादव, कार्यपालिका सदस्य संतोष साह, कार्यपालिका सदस्य सरस्वती कुमारी यादव, प्रशासन शाखा प्रमुख बिरेन्द्र साह, सूचना प्रविधि शाखा प्रमुख मुकेश यादव , प्रहरी चौकी चन्हीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तमाङ्ग, गाउँपालिका विषयगत शाखाका कर्मचारी, द्वन्द्व पिडित परिवार सदस्य लगायतको सहभागीता रहेको थियो

कार्यक्रममा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानका अवधारणा प्रस्तुत समग्र जनउत्थान केन्द्रका समाजिक परिचालक लोकेन्द्र प्रसाद यादवले गरेका थिए । भने कार्यक्रम न्यायका लागि नागरिक संजाल बलान बिहुलका संयोजक पशुपति यादवको अध्यक्षतामा सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको