बोदे बरसाईन । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर-८ स्थित रहेको श्री राष्ट्रिय प्राथमिक विद्यालय बैरियाहीको १८ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
बोदेबर्साइन नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष वैद्यनाथ चौधरीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका वीच बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य एवम् इन्टेक्चुअल फाउण्डेसनका अध्यक्ष डा. सुर्यप्रसाद यादवले नगरपालिकाले लागू गरेको मातृभाषा शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष चौधरीले विद्यालयको समग्र अवस्था सुधारका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्दै । उनले भने विद्यालयको अवस्था परिवर्तनका लागि अभिभावकहरुको समेत साथ सहयोग उत्तिकै जरुरी हुने बताए ।
उक्त विद्यालयका प्रधानाध्यापक कमलदेव यादवले विद्यालयको समग्र गतिविधिको विषयमा कार्यपत्र प्रस्तुत गर्दै विद्यालयको सर्वाङ्गिण विकासका लागि सबैक्षेत्रको सकारात्मक सहयोगको लागि आग्रह सहयोगीहरूलाई आग्रह गर्नुभयो ।
शिक्षक रामबाबु मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत तथा सहजीकरण शिक्षक बुधन यादवले गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशेश्वर साहको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो।







