राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक बालिकालाई माया र प्रेमको जालमा फसाइँ गर्भवती बनाएर युवक फरार भएका छन् । ती बालिकाले छोरीको जन्म पनि दिएकी छिन् ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ हाटी बस्ने बालिकाको १४ बर्षकै उमेरमा बच्चालाई जन्म दिएकी छिन् । सोही वडा बस्ने छिमेकी रामअवतार मण्डलका २२ बर्षिय छोरा प्रमोदले माया, प्रेमको जालमा पारी गर्भवती बनाएको बालिकाले संचारकर्मीहरु समक्ष बताएकी छिन् ।
सोमबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा आफ्ना वृद्ध बुबा र आमा सँगै आएकी बालिकाले घरमा कामका लागि राखेर आफ्नो यौन शोषण गरेको बताइन् । ज्याला दिने भन्दै छिमेकी रामअवतार मंडलले घरमा काम गर्न राखेको बालिकाको भनाई छ । त्यहीं क्रममा रामअवतारका छोरा प्रमोदले माया, प्रेमको जालमा पारी यौन शोषण गरेको बालिकाले पत्रकार सम्मेलनमा बताईन् ।
प्रमोदको गर्भ बोकेपछि विवाह गर्ने लोभ देखाएको भन्दै बालिकाले ‘१५ दिन युवक र उनका परिवारले स्वीकार गरेर घरमा पनि राखे’ बालिकाले भनिन्, ‘घरमा राख्ने क्रममा गालीगलौज र कुटपिट समेत गर्दै घरनिकाला ग¥यो ।’
८ महिनाको छोरीसहित पत्रकार समक्ष उपस्थित भएकी बालिकाले आफूलाई घरबाट निकाला गरेपछि प्रमोद पनि गाउँबाट भागेको बताइन् ।
घटनाको बारेमा प्रहरीमा उजुरी दिएको उनले बताइन् । बालिकासहित उनका परिवारले न्याय दिलाइदिन सबै समक्ष आग्रह गरेका छन् । न्याय नपाए आफ्नै शरीरमा आगो लगाएर ज्यान दिने बालिकाकी आमाले पत्रकार सम्मेलनमा बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको