राजविराज । ‘पैसा डबल गर्दिने’ लोभ देखाएर दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोपमा सप्तरी प्रहरीले हनुमानी भनिने रामबहादुर रजकलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरि उनलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पैसा डबल गर्ने धन्दा चलाएको आरोप लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बभनगामा गाउँका रजकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।
उनलाई आइतबार गाउँबाटै नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेको एसपी खतिवडाले जानकारी दिए । उनी विरुद्ध तीन जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
वर्षौदेखि ठगी धन्दामा संलग्न भएको भन्दै गुनासो र उजुरी समेत परेपछि अनुशन्धानका लागि पक्राउ गरिएको पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख एसपी खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
1
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको