राजविराज । एक्कासी बढेको शितलहरका कारण सप्तरी सहित तराईको जनजीवन कष्टकर बनेको छ। शितलहरसँगै चिसो हावा निरन्तर चलेपछि मधेसको जनजीवन प्रभावित बनेको हो।
अत्यधिक जाडोको कारण सप्तरीको केही पालिकाले एक साताका लागि विद्यालयहरु बन्द गरेको छ। विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दे वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाका विद्यालयहरुमा बिदा दिइएको हो।
चिसोका कारण सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ भने सेवाग्राहीको पनि पातलो सहभागीता रहेको स्थानीयले बताए।
राजविराज नगरपालिकाले ठाउँ ठाउँमा दाउरा बालने काम समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको