ललिता साह
राजविराज । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सरकारको योजनाको नाममा कुनै प्रकारको विचौलियाको चंगुलमा नपर्न आग्रह गरेका छ्न । योजनाको नामामा विचौलियाको चंगुलमा परेकै कारण मधेस प्रदेश बदनाम भई रहेको उनले बताए ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा ८ मा माघी महोत्सवको अवसरमा प्रत्येक वर्ष माघ १ गते लाग्ने मेलालाई मंगलबार सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।
मुसहरनिया दहलाई पर्यटकिय स्थलको रूपमा विकास गर्न आर्थिक व्यवस्थापन तर्फ प्रदेश सरकारबाट बजेट विनियोजन गर्न आफूले पहल गर्ने मन्त्री सिंहले बताए ।
ऐतिहासिक मुसरहनिया दहलाई धार्मिक पर्यटक स्थलको रूपमा विकास गर्न सबै सरोकारवलाहरु अगाडि आउनु पर्नेमा जोड दिए । परापूर्वदेखि नै रहेको मुसहरनिया दह पोखरीमा नुहाएर भाकल गरेपछि मनोकामना पूर्ण हुन्छ । मकर संक्रान्तिको दिन नुहाएर लगाएको लुगा त्यही छोड्दा छाला सम्बन्धी सम्पूर्ण रोग निको हुने यस भेगका नागरिकको जनविश्वास रहँदै आएको नगरप्रमुख गीता चौधरीले बताए ।दहको भौतिक पूर्वाधार विकास निर्माण बारे वडा अध्यक्ष श्याम प्रसाद साहले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको