राजविराज । प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ का २२ बर्षीय निराजन यादव र ४३ बर्षीय बिन्दु यादव रहेको प्रहरीले जनाएको छ ।
फत्तेपुरबाट कंचनपुरतर्फ आउँदै गरेको अवस्थामा दुबैलाई पक्राउ गरिएको हो । निराजन मधेश प्रदेश ०१–००४प ३७३८ नम्बरको मोटरसाइकलमा सबार थिए भने बिन्दु मधेश प्रदेश २–०१–००३ प १८५ नम्बरको मोटरसाइकलमा सबार थिए ।
प्रहरीका अनुसार निराजनको साथबाट सेतो बोरामा २ वटा पोकामा २ किलो गाँजा बरामद भएको छ । सोही ओसारपसारमा संलग्न रहेको आरोपमा बिन्दुलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।







