राजविराज । प्रहरीले आफ्नै श्रीमतिको हत्या आरोपमा उनकै श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–२ बस्ने सन्तोष साह रहेका छन् । साहले आफ्नी श्रीमति गायत्रीलाई ६ चैत २०७६ को राति कुटपिट गरी ट्राफिक चौक देखि ४ सय मिटर पूर्व महेन्द्र राजमार्ग उत्तर किनारा छेउमा गम्भीर अवस्थामा फाली दिएका थिए ।
७ गते बिहान ५ः३० बजे स्थानीय तथा निजको आफन्त समेतले फेला पारी उपचारको लागि यूनिक अस्पताल लगेकोमा सोही दिन उपचारको क्रममा गायत्री कुमारी साहको मृत्यु भएको थियो ।
कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात हालसम्म फरार रहेका प्रतिवादी सन्तोष साह समेतलाई सम्मानित सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोज तलास गर्ने क्रममा १ फागुनमा प्रतिवादी सन्तोषलाई फेला पारी कानून बमोजिम पक्राउ पूर्जी दिई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका साह विरुद्द सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको बस्नेतले जानकारी दिए ।
सन्तोष साहसँग गायत्री कुमारी साहको विवाह २६ जेठ २०७६ मा भएको थियो । विवाह पश्चात श्रीमान श्रीमति बीच पटक–पटक विवाद हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको