राजविराज । राजविराज नगरपालिकाभित्र बसोवास गरिरहेका बिटौरी–ब्लक जग्गा पीडितहरुले लालपुर्जा माग्दै आइतबार राजविराज बजार बन्द गरेका छन् ।
संघर्ष समितिको अगुवाइमा बिटौरी–ब्लक जग्गा पीडितले लालपुर्जा र नगरका विभिन्न समस्या समाधानको माग गर्दै बजार बन्दको आह्वान गरेका हुन् ।
प्रदर्शनकारीले स्थानीय मिनी मार्केट अगाडि टायर बालेर प्रदर्शन समेत गरेका छन् । सो क्रममा अवरुद्ध यातायात, बजार र सडकमा बालिएको टायर प्रहरीले खोस्ने क्रममा केही बेर घम्साघम्सी भएको थियो ।
प्रदर्शन स्थलमै आयोजित विरोधसभामा वक्ताहरुले नगरबासीको पुर्वनिर्धारित संघर्षका कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेपको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको