ललिता साह
अमेरिकाको राष्ट्रपति डोनाल्ड जे ट्रम्प र युक्रेनी राष्ट्रपति भलोदमीर जेलेन्स्की बीच वाइटहाउसको पत्रकार सम्मेलनमा भएको घोचपेच पूर्ण वार्तालापले संसारभरि बजार लिएको अवस्था छ ।
युद्धग्रस्त युक्रेन र तवाहीमा रहेका त्यहाँका नागरिकको तर्फबाट शान्ति र सहयोगको याचना लिएर युक्रेनी राष्ट्रपति भलोदमीर जेलेन्स्की शुक्रबार अमेरिका पुगेका थिए ।
दुनियाकै शक्तिशाली राष्ट्र अमेरिका र रुसको नजर सुरुदेखि नै युक्रेनको प्राकृतिक खनिजमाथि रहेको र सम्भवत युद्धको प्रमुख कारण त्यो पनि हो भने बुझिन्छ ।लगातार तीन वर्षको युद्धले सर्वस्व नै गुमाउने कगारमा रहेको युक्रेनमा मानवता र शान्ति चाहेका युक्रेनी राष्ट्रपति जेलेन्सकीले युक्रेनको मुल्यवान युरेनियम खनिज खानी भन्दा आफ्नो राष्ट्र र नागरिकको ज्यानलाई अमूल्य ठाने । र त देशलाई युद्धको मैदानबाट जोगाउनको लागि याचना सहितको सम्झौताका सर्त लिएर वाइटहाउस पुगे । तर जेलेन्सकीसँग राष्ट्रपति ट्रम्पले बारम्बार गरेका घोचपेचपूर्ण प्रश्न,अशिष्ट व्यवहार र तिमी ह्वाइट हाउसबाट अहिले निस्किहाल जस्ता अपमानजनक शब्दहरु प्रयोग गरियो । यसरी विश्वले नियालिरहेका पत्रकार सम्मेलनमै अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले देखाएको त्यो व्यवहार आमनेसामने बसेका युक्रेनी राष्ट्रपति जेलेन्सकीलाई मात्रै नभई संसारको जो कोही स्वाभिमानी व्यक्तिलाई हट गर्ने र उस्काउने खालको थियो। शक्ति राष्ट्र अमेरिकाको दम्भ र दोस्रो पटक जीतको उन्मादमा रहेका राष्ट्रपति ट्रम्पले जसरी युक्रेनको घाउमाथि नुन र चुक छर्किने गरी शब्दहरू बोलिरहेका थिए। त्यसै बीच आफ्ना नागरिक र युक्रेनी आमाहरूको समेत प्रतिनिधित्व गरीरहेकी अमेरिकाको लागि युक्रेनी राजदूत ओक्साना मार्कोभाको आँसुले हवाइट हाउसको सुन्दर रंगलाई बगाइरहेका थिए। उनी जस्ता लाखौ युक्रेनी आमा र युद्धको चिच्याहटमा निस्किने दर्दनाक आवाजहरू र जिउँदै जलेका आत्माहरूले युद्ध चाहने ती सबै अघोषित मनहरुलाई पक्कै पनि सरापिरहेका होलान।दुनियाले चाहेका शान्ति र युक्रेनप्रति देखाउनुपर्ने मानवता विपरित आफ्नो देशको राष्ट्रपति मार्फत युक्रेनी नागरिकप्रति ट्रम्पले गरेको निकृष्टतालाई ह्वाइटहाउसको पर्खाल नाघेर नदेखिने इतिहासको रूपमा विश्वलाई धिक्कारी रह्यो । एक सफल कुटनितिज्ञ ओक्सानाले राष्ट्रको पिडामा सम्हाल्न नसकेको आँशुको अनुभूतिले करोडौ शब्दको सन्देश दिएका छन् ।
कतिले भन्छ – राष्ट्रपतिमा जितेदेखि अन्य मुलुकको व्यापार टेरिफ / विश्वभरको धनाढ्यलाई अमेरिकन नागरिकता बिक्रीदेखि युएसआइडी जस्ता अन्तर्राष्ट्रिय निकायलाई दिदै आएको डोनेसन रोक्ने सम्मको निर्णय गरेर विश्वलाई नै एकपछि अर्को अनेक प्रकारको झट्का दिँदै विश्व बजार तताउदै आएका ट्रम्पलाई जेलेन्सकीले अहिले नै जवाफ दिइहाल्ने समय नआएको पनि सुझाव दिएका छन् । कतिले त -आनविक शक्तिको रूपमा संसारकै शक्तिशाली भनिँदै आएका दुई ठूला राष्ट्र विश्व शान्ति र मानवताको सवालमा दिनदिनै अनुदार हुँदै आएकोले यी राष्ट्रहरुलाई राष्ट्रपति जेलेन्सकीले सही जवाफ दिएको पनि भनेका छन् । यी सबैका बावजुद रुस र युक्रेन बीचको युद्ध र यसै सन्दर्भलाई लिएर ह्वाइटहाउसमा शुक्रबार दुईराष्ट्रपति बीच भएको अस्वभाविक तथा गैरकुटनैतिक परिघटना जो की नहुनुपर्नेथ्यो । उक्त वार्तालापलाई विश्वले अनेक कोणबाट प्रतिक्रिया र विश्लेषणहरू गरिरहँदा धेरैले राष्ट्रिपति ट्रम्पको दम्भले विशाल राष्ट्र अमेरिका र रुसको अगाडि युक्रेनले संसारको नजरमा युद्ध जितिसकेको भनेका छन ।
यसै साता स्वीटजरलैण्डमा सम्पन्न जेनेभा ग्लोबलको सम्पन्न महासभामा रुस युक्रेन युद्धलाई लिएर छलफल र भोटिङ समेत भएको थियो।असंलग्न राष्ट्रहरूको विदेश नीति अनुसार शक्ति राष्ट्रहरूले साना राष्ट्रमाथि आक्रमण गर्नु हुँदैन र युद्धविरामको समेत उल्लंघन गर्नु हुँदैन र नेपाल असंलग्न राष्ट्रहरूको सदस्य राष्ट्र पनि हो ।नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्न स्वीटजरलैण्ड पुग्नुभएकी नेपालका परराष्ट्रमन्त्री आरजू राणा देउवाले आफ्नो परम्परागत कुटनीति / विदेश निती अनुसार युक्रेनको पक्षमा मत जाहेर गरेर फर्कि सकेका छन् । जूनकी नेपालको हितमा रहेको कृतनितिज्ञहरुले सराहना गरेका छन् ।
कदम -कदाचित भविष्यमा रूससँग युक्रेन युद्धमा पराजय भए पनि रुसको निम्ती र त्यहाँको शासकको आत्मालाई सँधै पोलिरहने अङ्कगणितिय जीत मात्रै सावित हुनेछ । किनभने दुई देशको युद्धविराम मात्रै नभई लाखौ युक्रेनी नागरिकको बग्दो रगत थामेर जीवन बाँच्ने करूण याचनालाई अस्वीकार गरेको वर्ष २०२५ फ्रेब्रुअरी ३०लाई त्यो वाइटहाउसले विश्व इतिहासले नबिर्सिने गरी कालो रंग निष्कर्ष दिएका हुन् ।वास्तवमा त्यहाँ आयोजित पत्रकार सम्मेलनमा शक्तिशाली राष्ट्रपति ट्रम्पको पल्टिवाजीले युक्रेन र साना कमजोर मुलुक प्रतिको उनको समग्र अनुदार चरित्र प्रष्टिएको छ । जबकी विगतमा अमेरिकाकै उक्साहटले युक्रेन युद्धमा होमिएको सत्य जगजाहेर छ । यधपि युक्रेन जस्तो सानो मुलुक विशाल रूससँग ३ वर्षदेखि लगातार काउन्टरको युद्ध झेल्दै आएको युक्रेन यो घटनाले एक पटक फेरि सामरिक अर्थमा युद्ध जितिसकेको राष्ट्रपति जेलेन्सकीले संसारलाई अनुभूति गराएको छ । यहाँसम्म कि ‘उनी व्हाइट हाउस प्रवेश गर्दै गर्दा अमेरिकन पत्रकार र राष्ट्रपति ट्रम्पले राष्ट्रपति जेलेन्सकीले लगाएको लुगामाथि समेत टिक्का टिप्पणी र मजाक उडाएका थिए। मैदानको योद्धा तर युद्ध पिडित जनताको अभिभावक सरह पचाएर त्यो तल्लो स्तरको मजाकलाई राष्ट्रपति जेलेन्सकीले त्यसका सहज ढंगले जवाफ फर्काएका थिए।उनले भनेका थिए “म त युद्ध लडिरहेको देशको पीडित नागरिकको प्रतिनिधित्व गरेर युद्ध मैदानबाट आएको हुँ। मेरो देश र जनता रोएको अवस्थामा म कसरी सुट र टाई लगाउन सक्छु । हो, म तपाईहरुसँग वादा गर्छु -मेरो देशमा जब युद्ध रोक्छन् त्यसपछि म तपाईहरु जस्तै सुट र टाइमा आउनेछु। भलै त्यो महँगो नहोला तर अवश्य त्यो दिनको प्रतिक्षा रहन्छ र मेरो देशको युद्ध रोकिन अमेरिकासँग सहयोगको अपेक्षा पनि लिएर आएको छु। ” तर जब राष्ट्रपति ट्रम्पबाट अपेक्षा भन्दा फरक ढङ्गको बेइज्जती आफ्नो देश र नागरिकमाथि भईरहँदा हिम्मतका साथ शब्दमा त्यसको जवाफ फर्काइएका राष्ट्रपति जेलेन्सकीले देश र नागरिकको स्वाभिमानको अगाडि झुकेनन।यस अर्थमा पनि स्वाभिमानका निम्ति चाहिने हिम्मत साहस र एउटा शासकमा हुनुपर्ने राष्ट्र प्रेम /शान्ति चाहेको उच्च मनोदशाले राष्ट्रपति जेलेन्सकी र युक्रेनको जनताले युद्ध जितिसकेको मान्न सकिन्छ । अन्ततःसहयोगको लागि बोलाएर युद्ध नीतिको विरुद्ध गएर युद्धविराम उलङ्घन गर्नेको पक्षमा देखिएका अमेरिकन हुकमरानको धोकाधडीको अगाडी नझुकेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपियन युनियनलाई मात्रै नभई संसारका सहानुभूति पाउँदै मानव तालाई ब्युँझाइदिएका छन् ।







