राजविराज । जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सप्तरीको महादेवा गाउँपालिका–३ बस्ने कैला उपनामका सुमित कुमार यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
गत १५ फागुनको राति पिसाव फेर्न बाहिर निस्केकी १५ बर्षीया किशोरीलाई यादवले नियन्त्रणमा लिई आफ्नो किराना पसलमा लगेर जर्वजस्ती करणी गरेका थिए । प्रहरीका अनुसार किशोरी बाहिर निस्क्दिा ती युवक किशोरीकै आँगनमा रहेको ट्युवेलमा पानी लिन आएका थिए ।
करणी गरी फरार भएका यादवलाई १६ फागुनमा नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको