
राजबिराज । राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादवले राजविराजका बिटौरी तथा ब्लक जग्गासंग जोडेर केही राजनितिक दलले आफ्नो चरीत्र हत्या गर्न खोजिएको बताएका छन् ।
बिहीबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख यादवले केही राजनीतिक दलले आफ्नो चरीत्र हत्याको प्रयास गरेको आरोप लगाए । बिटौरी जग्गाको विषयमा सर्वदलीय बैठकमा आफू मेयर हुँदा प्रक्रिया रोकेको भन्ने प्रश्न उठाएको प्रति असन्तुष्टि व्यक्त गर्दै पूर्व मेयर यादवले आफुलाई बदनाम गर्ने नियत बस्न भ्रम भैलाएको उनको भनाई छ ।
नगर प्रमुख यादवले भने मेरो कार्यकालमा बिटौरी जग्गाधनीलाई लालपुर्जा नदिने कुनैपनि निर्णय नभएको भन्दै यस्ता भ्रममा नपर्न नगर बासीहरुलाई आग्रह गरे । यस्तो प्रमाण भेटिए राजनीतिकबाट सन्यास लिने उनको भनाई छ । पूर्व नगर प्रमुख यादवले विटौरी जग्गा समस्या सम्बन्धमा आफू पदमा हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत लालपुर्जा वितरण गर्ने प्रयास गरेको बताए । उनले संघीय सरकारले नचाहेकै कारण तत्कालीन समयमा पनि बिटौरी जग्गा समस्या हल हुन नसेकोको बताए ।
विटौरी जग्गाधनीले लालपुर्जा पाउनुपर्छ भन्ने पक्षमा आफू अहिले पनि अडिग रहेको बताउँदै उनले यसबारे हुने कुनैपनि दवावमुलक कार्यक्रममा पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।