
राजविराज । पति वेपत्ता भएका एक महिलालाई आर्थिक सहयोग गरिएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ४ निवासी सजन देवी सदालाई शनिबार आर्थिक सहयोग गरिएको हो ।
दलित अधिकार संरक्षण केन्द्रले शनिबार राजरिाजमा आयोजना गरेको कार्यक्रममा उनलाई रु ११ हजारको चेक प्रदान गरिएको थियो । संस्थाले उपलब्ध गराएको चेक कार्यक्रमका प्रमुुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले प्रदान गरे ।
संस्थाका अध्यक्ष भोला रामले पति वेपत्ता रहेपनि दुई छोरीलाई दुःख गरेर पढाईरहेकी सजनलाई पढाउन सजिलो होस् भन्ने उद्देश्यले यो सानो सहयोग प्रदान गरेको बताए ।