
राजविराज । सप्तरी प्रहरीले होली पर्वको सुरक्षा योजना सार्वजनिक गरेको छ ।
आज पत्रकार सम्मेलन गरि सप्तरी प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको हो ।
सुरक्षा योजना सार्वजनिक गर्दै जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले कुनै पनि किसिमको निषेधित र उच्छृङ्खल गतिविधि हुन नदिन सुरक्षा याेजना बनाइएको बताए ।
माेटरसाइकलमा २ जना भन्दा बढी चढ्न नदिने तथा मादक पदार्थ र नशालु पदार्थ सेवन गरेकालाई सबारी चलाउन नदिने एसपी खतिवडाले बताए ।
होली पर्वका दिन कुनै पनि घटना भएमा त्यसको तत्काल रिस्पोन्स गरि सशंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिने र घाइतेलाई उद्धार गरि अस्पताल पुर्याउने प्रहरीको सुरक्षा योजनामा उल्लेख छ ।
यस्तै जवर्जस्ती रंग दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरि हो हल्ला तथा ट्राफिक नियमको उल्लंघन गरि सवारी चलाउनेलाई कानुन बमोजिम कार्वाही गरिने प्रहरीले जनाएको छ ।
होलीका दिन ५२३ जना प्रहरी खटाइने एसपी खतिवडाले जानकारी दिए ।