राजविराज । राजविराज नगरपाकिाल–७ स्थित सिरहा रोडमा छुरा प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । बुधबार साझ ७ बजे तिर उनीहरु माथि छुरा प्रहार भएको हो ।
घाइते हुनेहरुमा सप्तरीको डाक्नेशवरी नगरपालिका–६ ब्रहपुरका २२ वर्षिय सुभाष यादव र २६ वर्षिय सुनिल यादव रहेका छन् ।
एक्कासी उनीहरुमाथि युवाहरूकाे समुहले बिवाद हुदा उनिमाथि छुरा प्रहार गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवाडाले बताए ।
छुरा प्रहारबाट दुबै जनाको पेटमा प्वाल परेको छ । घाइते दुबै जनाको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहहेको एसपी खतिवडाले जानकारी दिए ।
घटनामा संलगन रहेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे एसपी खतिवडाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
3

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको