राजविराज । नेपाली कांग्रेस सप्तरीक क्षेत्रीय समितिले आज हाेली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ।

डाक्नेश्वरी नगरपालिका- ५ स्थित पातो बजारमा कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर-३( ख) ले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका वक्ताहरुले पुरानो रिसराग त्याग गरी पार्टीलाई मजबुत बनाउन सबै लाग्नुपर्ने बताए।

पार्टीका प्रादेशिक क्षेत्रीय समिति सभापति भागवत यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा महाधिवेशन समिति सदस्य एवं प्रदेशका सभा सदस्यका प्रत्यासी  उम्मेदवार भगवती प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका पार्टी सभापति नारायण प्रसाद यादव, पार्टीका जिल्ला सदस्यहरु मानवीर रजक, राजदेव यादव, राम सुन्दर मण्डल, मिथलेस्वर प्रसाद साह  सहितका नेता कार्यकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा एकले अर्कालाई अबिर लगाइदिँदै होलीको शुभकामना दिएका थिए। उक्त अवसरमा प्रदेश ३ (ख ) अन्तर्गतका सम्पूर्ण नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको