राजविराज । जनता समाजवादी पार्टी नेपालका नेता बिदेस्वर प्रसाद यादब बिक्कीले होली संगै सप्तरी क्षेत्र नम्बर- ३ को पालिकामा भई रहेको भ्रष्टाचार अन्त्यको प्रयास गर्ने बताएका छ्न ।
जनता समाजवादी पार्टी डाक्नेस्वरी नगरसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता यादबले डाक्नेवरी नगरपालिकामा भई रहेको भ्रष्टाचार विरुद्ध होलि संगै अभियान चलाउने बताए ।
पुर्व सान्सद समेत रहेका यादबले पालिका प्रमुखहरु बिकासको नाममा आफ्नो घर बनाई रहेको र रोजागारीको नाममा आफन्तलाई रोजगारी दिईरहेको बताए ।
उनले डक्नेस्वरीमा भईरहेको भ्रष्टाचारलाई नजिकबाट नियालिरहेको बताए ।
जसपा नेपालका युवा तथा खेलकुद समितिका संयोजक समेत रहेका यादबले भने,‘डक्नेस्वरी नगरपालिकामा भई रहेको भ्रष्टाचारको सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग निरीह छ ।
हेरक बर्ष जनता संग होलि पर्व मनाउदै आएका विक्की’ ले होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिएका छन् ।
प्रदेश सभाको निर्वाचनमा ४८ मतले पराजित भएपनि उनी आफ्ना क्षेत्रका नेता, कार्यकर्ता एवं जनतालाई एकत्रित गरी होली मिलन समारोह कार्यक्रमको आयोजना गर्दै आएका छन् । पूर्व सांसद यादवले गत वर्षदेखि होली मिलन समारोह कार्यक्रम गर्दै आएका छन् ।
यसपटकको होलीको अवसर पारेर यादवले बिहीबार जिल्लाको डाक्नेश्वरी नगरपालिकामा यो कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा एकले अर्कालाई अबिर लगाइदिँदै शुभकामना दिएर शुभकामना साटासाट गरेका छन्। कार्यक्रममा होली सम्बन्धी पारम्परिक गीतहरूको प्रस्तुति गरिएको थियो। स्थानीय कलाकारहरुले कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए।
उक्त अवसरमा जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमन, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य बबी यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव सहित विभिन्न तह एवं तप्काका नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
4
0
0
0
1
1
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको