जनकपुरधाम । जनकपुर क्षेत्रमा शनिवार आज होली पर्व मनाइँदैछ । १५ दिने धार्मिक माध्यमिकी परिक्रमाको अन्तिम चरण पञ्चकोशी परिक्रमा शुक्रबार बिहान मात्र भएकाले जनकपुरमा एकदिन ढिलो शनिबार होली पर्व मनाउन लागिएको हो ।

जनकपुरको मौसम बिहानैदेखि धुम्म रहे पनि होली पर्व खेल्नेहरुमा उत्साह देखिएको छ । १५ दिने धार्मिक परिक्रमा समापन भएको भोलिपल्ट मात्र जनकपुरमा होली खेल्ने परम्परा छ । गत वर्ष पनि जनकपुरमा अरु ठाउँ भन्दा ३ दिन ढिलो होली भएको थियो ।
यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद्ले आयोजना गरेको महामुर्ख सम्मेलनको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाएका छन् । मधेशको स्वास्थ्य क्षेत्रमा रहेका बेथितिलाई हटाउन अग्रसरता लिएका कारण मुख्यमन्त्री सिंहलाई यस वर्षको महामुर्खको उपाधि दिइएको मिनापका अध्यक्ष प्रमेश्वर झाले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले मुख्यमन्त्री सिंहलाई महामुर्ख उपाधिबाट सम्मानित गरेका थिए । साहित्यकार एवं गीतकार सियाराम झा सरसलाई पटमुर्खको उपाधि प्रदान गरिएको । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको