राजविराज । राजविराज राजविराज नगरपालिका–६ मा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।
सोमबार खर्साल टोलमा भएको आगलागीबाट एक फर्निचर उद्योग र तीन वटा घर जलेको प्रहरीले जनाएको छ ।
स्थानीय दुबीलाल यादवको घरमा विद्युत सर्ट भई लागेको आगोले उनको तीन घर जलेको छ । उक्त आगोले छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको छ ।
दुबीलालको घरसहित नगद रु ५० हजारसहित गरगहना, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको छ ।
आगोले शर्माको फर्निचर उद्योगमा राखिएका लाखौंको काठ र फर्निचर तथा काठ चिरान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भएको उनले बताएका छन् ।
प्रहरीका अनुसार शर्माको रु ४ लाखभन्दा बढी र यादवको रु ८ लाखभन्दा बढीको सम्पत्ति आगोमा जलेर नष्ट भएको छ ।
आगोलाई स्थानीय बासिन्दा, प्रहरी र दकमलको सहयोगमा निभाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको