
राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १२७२ जनाले मतदान गरेका छन् ।
निर्वाचन समितिका संयोजक नन्दकिशोर यादवका अनुसार ४ बजेसम्म १२७२ जानले मतदान गरेका छन् । महिला ५८३ र पुरूष ६८९ जनाले मतदान गरेकाे छ । जम्मा मतदाता २७३१ रहेकाे छ ।
निर्वाचन समितिका अनुसार बिहान ९ः१५ बजे देखि मतदान सुरु भएको हो । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे निर्वाचन समितिका संयोजक यादवले जानकारी दिए । मतगणना आज राति ८ बजे देखि सुरू गर्ने निर्वाचन समितिका संयोजक यादवले जानकारी दिए ।