राजविराज । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) मा रंजित यादव विजयी भएकाछन ।
दोस्रो पटक उम्मेदबार बनेका उनी ३९३ मत प्राप्त गरी विजयी भएका हुन् । उनी समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदबार थिए ।
स्वतन्त्र उम्मेदबार बिनय यादव ३३२ मत ल्याई दोस्रो र अनेरास्वबियूका मनिषा कुमारी साहले ३३१ मत ल्याई तेस्रो भएकी छन् ।
सचिवमा मुकेश कुमार साह ३९५ मत ल्याई निर्वाचित हुँदा कंचन कुमारी ठाकुर ४१० मत प्राप्त गरी कोषाध्यक्षमामा निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा कुल २ हजार ७३१ मतदाता रहेको क्याम्पसमा १ हजार २७२ जनाले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको