
राजविरा । सप्तरी प्रहरीले राजविराज नगरपालिका–९ स्थित एक गोदामबाट बरामद गरेका गाँजा शुक्रबार प्रहरीले २४ क्विन्टल गाँजा सार्वजनिक रुपमा आगो लगाएर नष्ट गरेको छ ।
राजविराज नगरपालिका–१५ देउरी भरुवा स्थित खाँडो खोलामा गएर जिल्ला प्रहरी कार्यालय सप्तरीले नष्ट गरेको हो ।
सप्तरी प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उक्त गाँजा बरामद गरिएको घटनामा थप अनुसन्धान भइरहेको बताए । गाँजा गत फागुन १९ गते राजविराज नगरपालिका–९ मलेठबाट बरामद गरिएको थियो ।