
राजविराज । सप्तरी प्रहरीले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट बरामद गरेका लागूऔषध गाँजा शनिबार प्रहरीले १ हजार ३ सय ९६ किलो गाँजा सार्वजनिक रुपमा आगो लगाएर नष्ट गरेको छ ।
प्रहरीले माघ २६ गते बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट ७ क्विन्टल २६ किलो गाँजा बरामद गरिएको थियो । पुस २७ गते बलान बिहुल गाउँपालिका–१ कमलदाहबाट ६ क्विन्टल ७० किलो गाँजा बरामद गरिएको थियो भने मंसिर ४ गते राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट १७ क्विन्टल १७ किलो गाँजा बरामद गरिएको थियो ।
राजविराज नगरपालिका–१५ देउरी भरुवा स्थित खाँडो खोलामा गएर जिल्ला प्रहरी कार्यालय सप्तरीले नष्ट गरेको सप्तरी प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।