
राजविराज । सप्तरीको खडक र बोदेबरसाईनमा दिनाभद्री जन्मोत्सव मनाइने भएको छ ।
मुसहर समुदायले आफ्ना कुल देवता दिनाभद्रीको १० औ जन्मोत्सव मनाउन लागेको हो । मुसहर समुदायको हक अधिकार र पहिचानलाई बलियो बनाउन आगामी चैत २५ गतेदेखि दिनाभद्री जन्मोत्सव मनाउन लागिएको नेपाल राष्ट्रिय मुसहर संघ, सप्तरीले जनाएको छ ।
जिल्लाको खडक नगरपालिका–८ ढोलवजा र बोदे बर्साइन नगरपालिका–२ योगिया बेरियामा मनाइने संघले जनाएको छ ।
यो जन्मोत्सव तीन दिनसम्म मनाइने र मेला समेत लाग्ने संघका जिल्ला अध्यक्ष शिवदेव सदाले जानकारी दिए ।