
राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी यूवा संघ र समाजवादी महिला संघको पालिका स्तरिय समिति गठन भएका छन ।
जसपा नेपालका यूवा विद्यार्थी तथा खेलकुल विभागका संयोजक विदेश्वर प्रसाद यादब (बिक्की)को अगुवाईमा आईतबार एक भेलाको आयोजना गरी शैलेन्द्र यादवको नेतृत्वमा १७ सदस्य समति समाजवादी यूवा संघ र उर्मिला सदाको नेतृत्वमा १७ सदस्य साजवादी महिला संघ पालिका स्तरिय समिति गठन भएको छ ।
समिति गठन भेलाईलाई सम्बोधन गर्दै विदेश्वर प्रसाद यादवाले ठुला दलहरुले राजाको नाममा संघियता मास्ने षडयन्त्र गरिहेको आरोप लगाए । पूर्व सांसद समेत रहेका यादबले आरक्षण भाषा संस्कृति सबै खोसकेका व्यत्तिलाई पुनः राजाको रुपमा स्वीकार्न नसकिने बताए । उनले मधेश र मधेशीहरुलाई घात पुर्याउनले देशमा रजाई गर्न खोजिरहेको समेत बताए ।
जसपा नेपाल राजगढ गाउँपालिका अध्यक्ष ललित सिंहका अध्यक्षमा भएको कार्यक्रममा जसपा नेपालका केनद्रीय सदस्य रमिला साह , बवि सिंह यादब , जिल्ला अध्यक्ष केदार यादब , यूवा नेता शम्भु यादब , आतेश सिंह यादव जसपाका स्थानिय नेता बेचु साह, उमेश यादब लागायतले अ–आफ्नो मनतव्य राखेका थिए ।