काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्ने र झुट फैलाउन सक्रिय रहेको बताएका छन् ।
ललितपुरको कुपन्डोलमा मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले सरकार आफ्ना विषय र काममा केन्द्रित भइरहेको बताए । उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको नभएको उनको भनाई छ ।
उनले अनावश्यक कुरामा अलमल्याउन खोज्ने र विषयबाट ध्यान मोड्न खोजे पनि त्यसका लागि आफूहरू तयार नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको