मास्टर साहेब
राजविराज । विष्णुपुर गाउँपालिका ६ का शिव कुमार यादवले सहकारी संस्था संग लिइएको ऋणको विषयमा आफूमाथि लगाईएको आरोप असत्य रहेको दावी गरेका छन् ।
मंगलवार उनले प्रेस विज्ञप्ती जारी गर्दै उनले सहकारी बाट लिइएको ऋणको विषयलाई लिएर आमा र भाईले पत्रकार सम्मेलन मार्फत असत्य आरोप लगाएर भ्रम सृजना गर्ने प्रयास गरिएको दावी गरेका हुन् ।
सोमवार उनका आमा शम्भु देवी यादव र कान्छो भाई सचिनले पत्रकार सम्मेलन गरि शिवले आफुुहरु संग कुनै सल्लाह र सहमती नै नलिई यहाँ स्थित आईडीयल सहकारी संस्था लिं.संगको मिलेमतोमा रु एक करोड रुपैया ऋण निकालेको आरोप लगाएका थिए । अहिले सो जग्गा लिलामी प्रक्रियामा जाँदा आफुहरुको विचल्ली भएको समेत उनीहरुले गुनासो गरेका थिए ।
उनीहरुको आरोप प्रति असहमति राख्दै शिवले गलत बाटोमा लागेका भाई सचिनले आमालाई उक्सााएर आफु विरुद्ध उभ्याएको विज्ञप्तीमा उल्लेख गरेका छन । वुवा कुसुमलाल जीवीत रहेकै बखत २१ कठ्ठा १७ धुर जग्गा म जेठो छोरा समेतलाई थाह नै नदिई मेरा दिदीको नाममा दानपत्र गरिदिएको र उल्टै मैले आर्जन गरेको सम्पती माथी समेत कब्जा गर्न भाई र आमाले संयुक्तरुपमा सप्तरी जिल्ला अदालतमा अंश मुद्दा चलाएको शिवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आईडियल सहकारी संस्था लि.बाट लिएको रु एक करोड ऋण आफुले नभई आमा बुवा र भाई कै सल्लाहमा तीन दिदी÷बहिनीको विवाह गर्ने बेला जग्गा धितो राखी निकालिएको दाबी गर्दै उनले अहिले आएर बोली फेरेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
ऋण लिएपछि आफुहरुलाई ललाई फकाई सही छाप गराइएको भनी अघिल्लो दिन पत्रकार सम्मेलनमा आमा र भाईले लागएको आरोपको पनि प्रतिपाद गर्दै उनले सबैको सहमतीमा ऋण लिइएको तथा केही वर्ष सम्म स्वयम आमा र बुआले नै ब्याज तिर्दै कर्जा नविकरण गराएको समेत विज्ञप्तीमा उल्लेख गरेका छन ।
उनले आमा र भाइले आफुहरुको नाममा अब कुनै सम्पती छैन भनेर गरेको दाबी पनि असत्य रहेको भन्दै अहिले पनि आमाको नाममा काठमाण्डौको चापाँगाउँमा ७ आना, सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा ८ धुरको जग्गा सहित एक तल्ले पक्की घर र २ विगाहा भन्दा बढी कृषी योग्य जग्गा रहेको सार्वजनीक गरेका छन ।
उनले समस्याका वेला पुरै परिवारको सहमतीमा लिइएको ऋणको भार अहिले आएर आफुमात्र लाई बोकाउने अनि चरित्र हत्या समेतको प्रयास भएको विज्ञप्तीमा उल्लेख गरेका छन ।







