काठमाडौं । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‌मा पेस भएको छ ।
समितिका सभापति राज किशोर यादवले बिहीबार संसद्मा ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेका हुन् ।
सभापति यादवका अनुसार समितिको कामकारबाही र निष्कर्षहरू प्रतिवेदनमा समावेश छ ।
त्यसैगरी समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेकी हुन् ।
सभापति सुवेदीका अनुसार प्रतिवेदनमार्फत कानुन निर्माण र मानव अधिकारको अवस्थाको अध्ययन र आवश्यक निर्देशन सरकारलाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको