राजविराज। सप्तरीमा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको कञ्चनरुप नगरपालिका -२ महादेवपट्टीमा नवजात छाेरी शिशु मृत अवस्थामा भेटिएको हो ।
बाटो छेउको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
भेटिएको शिशुकाे शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको प्रहरीले जनाएकाे छ ।







