ललिता साह
राजविराज । मधेसी आयोगको सदस्य रेणु शाहले संविधानले ३३ प्रतिशत दिएको अधिकारमा महिलाको पहुँच न्यून रहेको बताएकी छिन ।
महिला अधिकार दिवसको अवसरमा राजबिराजबाट सुरुवात गरिएको आभाषा अभियानलाई सम्बोधन गर्दै साहले यस्तो बताएकी हुन् ।
अयोगका सदस्य साहले अहिले पनि सहभागिताको लागि मात्रै महिला प्रयोग भईरहेको बताईन । उनले भनिन’ “ हामी महिलालाई मञ्चमा बस्न दिने आफ्ना कुरा बोल्न नदिने तीनै तहको सरकारले कुनै प्रकारको नेतृत्वदायी भूमिकामा महिलालाई सहभागी नगराउने गरी हरेक क्षेत्रमा विभेद कायम छ । अव पनि हामी आसनमा भाषणमा र शासनमा महिलालाई स्थापित गर्न सक्नुपर्छ ।
नेतृत्व तहमा भएका महिलाहरूको अगुवाइमा मदिना मञ्जरी (नजबुल ) फाउन्डेसनद्वारा यसै साता थालिएको अभियानलाई राजबिराज नगरपालिकाको नगरप्रमुख इसरत परविनले उद्घाटन गरेकी हुन् । ’न माइती घर न श्रीमानको थर मलाई आफ्नै नामबाट चिनिने रहर ’जस्ता नारा र समानताको उद्देश्य सहित मधेसको आठवटै जिल्लामा पुग्ने अभियानका राष्ट्रिय संयोजक महिला अधिकारकर्मी नजबुल खानले जानकारी दिए । अभियानको सुरुवातमा राजविराज नगरपालिकाको नगर प्रमुख इशरत परविन, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह,अधिवक्ता उमाशंकर देव, मनु खनाल , दानो चौधरी , डकुमेन्ट्री मेकर सुरेश मुखिया स्थानीय तहका जनप्रतिनिधि महिलाहरू , युवा, कर्मचारी अधिकारकर्मी लगायतले साथ दिएका छन् ।







