राजविराज । सप्तरीमा डाँकाकाे समूहले एक जनाकाे हत्या गरेका छन् ।
जिल्लाकाे सुरूङा नगरपालिका -८ का कन्तलाल चौधरीको हत्या गरेका हुन् । ५६ बर्षका चौधरीको घरेलु हतियारसहित गोली समेत प्रहार गरि हत्या गरेको वडा अध्यक्ष श्यामदेव साहले बताए ।
राति ५/६ जनाको संख्यामा आएका डाँकाहरूले चाैधरीकाे घरमा प्रवेश गरेर आक्रमण गरेका हुन् ।
उनका अनुसार डाँका समूहकाे आक्रमणबाट एक जना घाइते भएका छन् ।
घट्ना सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।







