राजविराज । सप्तरीको राजविराज नगरपालिकामा स्थानीयहरुले आज तालाबन्दी गरेका छन्।‌ नगरपालिकामा‌ भ्रष्टाचार तथा अनियमितता बढेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन्।

आर्थिक वर्षको अन्तमा प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेर निमित्त प्रमुख प्रशासकीय अधिकृत ल्याएर पालिकामा अनियमितता गर्न कार्यवाहक नगरप्रमुख इसरत परविनले खोजेको आन्दोलनकर्मीहरूको आरोप छ।‌

निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमाम भ्रष्टाचार गर्न खोजिरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका छन्। नगरपालिकामा तालाबन्दी भएपछि कार्यालयको‌ कामकाज ठप्प भएको छ।‌
नगरपालिकामा भ्रष्टाचार मौलाएको, सिसिटिभी, विषादी, कर्मचारी भर्ना सबैमा भ्रष्टाचार भइरहेको माओवादी केन्द्रका नेता योगेन्द्र यादव ( छोटु ) ले बताए । तालाबन्दी गर्ने आन्दोलित स्थानियहरुले आर्थिक बर्षको अन्तमा सरुवाको खेल किन ? भनेर सरोकार बालाहरु संग प्रश्न समेत गरेको छ ।
निलम्बित नगरप्रमुख भीमराज यादबको अगुवाईमा स्थानिमहरुले तालाबन्दी र आन्दोलन गरेका छन। आन्दोलित नगरप्रमुख तथा स्थानियहरुले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार संग माग समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
1
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको