राजविराज । निलम्बित मेयर भीमराज यादवले लगाएको ताला कावा मेयर इसरत परबिन नेतृत्वको जनप्रतिनिधीले तोडेपछि झडप भएको छ ।

गत आईतबार यादवले लगाएको ताला मंगलबार बिहान परबिन नेतृत्वको टोलीले तोडेर निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई हाजिर गराएका छन् ।

ताला तोडिए लगत्तै यादवकै नेतृत्वमा उनका समर्थकहरु तथा स्थानियहरुले नगरपालिका कार्यालयमा नाराबाजी गर्दै तोड्फोड गरेका छन् । कार्यालय भवनको अधिकांस सिसा उनीहरुले फुटाएका छन् । यस्तै, बारुण यन्त्रका कर्मचारी बस्ने भवनका समेत सम्पूर्ण सिसा उनीहरुले फुटाएका छन् ।

ती समूहले नगरपालिकाका लेखापाल शत्रुद्यन लाल दासलाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका दासको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

ती समूहले नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सन्तोष दासलाई समेत हातपात गरेका छन् भने फोटो खिंचिरहेका तीन जना सर्वसाधारणको मोवाइल खोसेर फुटाइदिएका छन् ।

कावा मेयर इसरत परबिनसहितका जनप्रतिनिधी प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिरी गराउन कार्यालयको माथिल्लो तल्लामा गएपछि तल भीमराजका समर्थकले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवाको बिषयलाई लिएर नगरपालिकाका निलम्बित मेयर भीमराज यादवले आईतबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा स्थानिय तहका  शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि यादवले प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए ।
यो बिषयमा सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफल हुँदा समेत निष्कर्षमा पुग्न सकेको थिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको