सिरहा । सिरहाको अर्नमामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको अर्नमा गाउँपालिका वडा नम्बर १ बुदियाचापमा स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महरा घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
शनिबार बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।
डीएसपी पासवानका अनुसार मृतकको घाँटीमा गम्छा बेरिएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनास्थलको बारेमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।







