जनकपुरधा । धनुषामा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेव प्रसाद विमलको हत्या भएको प्रहरीले जनाएको छ ।
विमललाई उनकै ज्वाइँ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले बुधबार बिहान १० बजे घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।
ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







