जनकपुरधाम । धनुषामा ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेव प्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको हो ।
घटनाको एक सातापछि मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
महासेठलाई छुरासहित बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
पक्राउ परेका महासेठमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको