सर्लाही । बिरगंजबाट सिराहातर्फ जाँदै गरेको ट्रकबाट झन्डै ५९ लाख रुपैयाँ बराबरको शंकास्पद सामान बरामद गरिएको छ ।
सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कर्मैया चेकपोस्टमा मंगलबार बिहान ११ः१५ बजे इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट सई सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले ना ४ ख २४७१ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा ट्रकमा लोड गरिएको औषधि, काजु, टेप, मोबिल, धनियाँ, बेसार, स्पेयर पार्ट्सलगायत विभिन्न प्रकारका खुद्रा सामानहरूको बिल–बिजक शंकास्पद पाइएपछि उक्त ट्रकसहित सामान नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामानको अनुमानित मूल्य करिब ५८ लाख ९१ हजार ८७४ रूपैयाँ रहेको छ । नियन्त्रणमा लिइएको उक्त ट्रक र सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको