राजविराज । छठ पर्वको अवसरमा तराई मधेश महिला फाउन्डेशन नेपालले छठ पर्वका व्रतालु महिलाहरुलाई साडी वितरण गरेको छ ।
छठ पर्वको शुरुवात मानिने दिन नहाइ खाई दिनको अवसर पारि राजविराज नगरपालिका वडा नम्बर ६ स्तिथत पुरनि पोखरि महाडका बास्तिमा फाउन्डेशनका अध्यक्ष सुनिता कुमारी साहको हातबाट मनत्वय सहितको साडि वितरण गरि कार्यक्रम सम्पन्न गरिएको हो ।
उपस्थित अन्य महिला दिदिबहिनीहरु आशिर्वाद सहित अबिरको टीका एकअर्कामा लगाएका थिए ।
साथै सन्तान दाहिने, रोग बिकार विनाशनि, धन प्रदायणि महानदेवि छठि माताको जय जयकार गर्दै महिलाहरुले तराई मधेस महिला फाउन्डेशन नेपालको उत्तोरउत्तोरको प्रगतिको कामना गर्दै फाउन्डेशनकि अध्यक्ष साहलाई राम्रो काम गरेको भनेर सहराना गरेका थिए ।
फाउन्डेशनकि अध्यक्ष सुनिता कुमारी साहलाई राम्रोकाम गरेको भनेर सहराना गरेका थिए।
विगत ८ वर्ष देखि निरन्तर रुपमा छठ पर्व लगायत विभिन्न धार्मिक तथा सामाजिक अवसरमा सहयोग गर्दै आईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको