काठमाडौँ — अध्यक्षागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्न लागिएको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, यो प्रणाली पर्यटकको सुरक्षा सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले लागू गरिँदैछ। उनले मुलुकमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने बताए।
यो प्रणाली २०७८ पुस १८ ९जनवरी १, २०८२० देखि लागू हुने तय गरिएको छ। यसपछि नेपाल आउने प्रत्येक विदेशी नागरिकले आफ्नो आवास ९‘एकोमोडेसन’० अनिवार्य रूपमा घोषणा गर्नुपर्नेछ।
नाट्टा की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले प्रणालीले पर्यटकको सुरक्षा सुनिश्चित गर्न र तथ्याङ्क सङ्कलनमा सघाउ पुग्ने भन्दै ‘ट्रयाकिङ’ गलत नभएको धारणा व्यक्त गरेकी छिन्।
तर, होटल एसोसिएसन नेपाल ९हान० का महासचिव साजन शाक्यले भने प्रणाली जनवरी १ देखि नै कार्यान्वयन गर्न कठिन हुने बताउँदै थप समय आवश्यक रहेको बताएका छन्। उनले उपत्यकाका तारे होटलमा लागू गर्न सहज भए पनि सरकारी नीतिबारे पर्याप्त छलफल हुन बाँकी रहेको उल्लेख गरे।
विभागले पहिलो चरणमा २०८२ पुस १७ देखि उपत्यकाका तारे होटलहरूमा र २०८२ फाल्गुन १७ बाट देशभरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी लगायत सबै सेवा प्रदायकमा प्रणाली अनिवार्य लागू गर्ने योजना बनाएको छ।







