एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको दोस्रो ठूलो सहर मसहद प्रदर्शनकारीहरूको नियन्त्रणमा पुगेको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै ‘दश लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन्, सरकारी सुरक्षाकर्मीहरूले सहर छाडेका छन्’ भन्ने दाबी गरेका हुन् ।

तर ट्रम्पको यो दाबी हालसम्म कुनै पनि विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चार माध्यम वा स्वतन्त्र स्रोतबाट पुष्टि भएको छैन । मसहदमा सुरक्षा बलले सहर त्यागेको वा सहर प्रदर्शनकारीहरूको पूर्ण नियन्त्रणमा पुगेको प्रमाणित रिपोर्ट सार्वजनिक भएको छैन ।

मसहद इरानको सबैभन्दा ठूलो धार्मिक सहर हो। करिब चार लाख जनसंख्या रहेको यो सहर तुर्कमेनिस्तान र अफगानिस्तानको सीमासँग नजिक अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको