काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार यदि इरानको इन्धन र ऊर्जा केन्द्रहरूमा हमला भयो भने, त्यहाँको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने बताएको छ।
इरानको यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ‘अल्टिमेटम’पछि आएको हो। ट्रम्पले यस अघि यदि इरानले ४८ घण्टाभित्र होर्मुज स्ट्रेट जलसन्धि खोलेन भने अमेरिकाले इरानका विद्युत केन्द्रहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारिदिने चेतावनी दिएका थिए।
यसअघि इरानले दक्षिणी इजरायलमा मिसाइल आक्रमण गरेको थियो। निशाना बनाइएका क्षेत्रहरूमा इजरायलको अघोषित आणविक हतियार भण्डार रहेको सहर डिमोना पनि समावेश छ। इरानले घोषणा गरेको छ कि–‘अब युद्ध नयाँ चरणमा प्रवेश गरेको छ।’ एजेन्सी







