एजेन्सी । अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि इजरायलले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिँदा क्षेत्रीय अवस्था अझै अनिश्चित बनेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार युद्धविराममा इजरायलको सहमति छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरे पनि इजरायलको रणनीतिक धारणा फरक हुन सक्ने संकेत देखिएको छ । उता, पाकिस्तानी प्रधानमन्त्री क्शाहबाज शरीफले युद्धविरामलेबनानसम्म पनि लागू हुने बताएका छन्।
तर इजरायली सेनाले हिजबुल्लाहको खतरा पूर्ण रूपमा अन्त्य नभएसम्म लेबनानबाट नहट्ने अडान दोहोर्याएको छ। यसले युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठाएको छ।







