काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्दैछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे बस्ने बैठकमा देशका ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका प्रमुखहरू सहभागी हुनेछ ।
प्रधानमन्त्री स्वयं कुलपति रहने शैक्षिक संस्थाहरूका नेतृत्वसँग हुने यो बैठकमा उच्च शिक्षाका समसामयिक समस्या, संरचनागत सुधार र तत्काल समाधान गर्न सकिने मुद्दाहरूमा केन्द्रित छलफल हुने बताइएको छ।
बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय का उपकुलपतिहरू सहभागी हुनेछन्।
त्यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्ने कार्यक्रम छ।
प्रतिष्ठानतर्फ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का प्रतिनिधिहरू पनि छलफलमा रहनेछन्।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपतिहरूसँग पनि समग्र शैक्षिक सुधारका विषयमा विमर्श हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको