एजेन्सी । अब्बास अराघची नेतृत्वको इरानी प्रतिनिधिमण्डल अमेरिकासँग प्रत्यक्ष वार्ताबाट टाढा रहँदै शनिबार साँझ पाकिस्तान भ्रमण सकाएर स्वदेश फर्किएको छ ।
भ्रमणका क्रममा अराघचीले शहबाज शरीफ, असिम मुनीर लगायत उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। उनले पाकिस्तानमार्फत अमेरिकालाई इरानको अडान र सर्तहरू स्पष्ट रूपमा जानकारी गराएका छन् ।
इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै तेस्रो मुलुकमार्फत मात्रै संवाद अघि बढाउने नीति दोहोर्‍याएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले भने, ‘इरानले आफ्ना धारणा पाकिस्तानमार्फत अमेरिकासमक्ष राख्नेछ।’
यसैबीच, डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरको पाकिस्तान भ्रमण कार्यक्रम अन्तिम समयमा रद्द गरेका छन् । उनीहरू इरानसँग अप्रत्यक्ष वार्ताका लागि इस्लामाबाद जाने तयारीमा थिए ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘हामीसँग स्पष्ट फाइदा छ। इरानले चाहे हामीलाई फोन गर्न सक्छ, तर १८ घण्टा उडेर बेकारको वार्ता गर्न हामी जाँदैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको