काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गएराति उनलाई धनुषाबाट पक्राउ गरेको हो ।
साहमाथि गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद–बिक्रीका क्रममा चेक अनादर तथा ठगी कसुर सम्बन्धी आरोप लागेको छ ।
अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला अदालत काठमाडौंको अनुमति प्राप्त भएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।
अदालतको आदेशपछि उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।







