सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार्यसमितिको पार्टी कार्यालय सोमबार उद्घाटन गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का सांसद तथा रास्वपा नेता सिताराम साहले रिबन काटेर बोदेबरसाईन नगरपालिका वडा नम्बर -५ स्थित सत्रुघ्न चाैकमा पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद साहले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई वडा तहसम्म विस्तार गर्न अगुवा कार्यकर्तालाई निर्देशन उनले दिए। जनतासँग प्रत्यक्ष सम्बन्ध रहने सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले आगामी निर्वाचनमा सफलता हासिल गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गर्नु भएको छ ।

सांसद साहले जनताको विश्वास जित्ने गरी संगठन निर्माण, जनसमस्याप्रति संवेदनशील भएर काम गर्न तथा पार्टीलाई थप सुदृढ बनाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।रास्वपा बोदेबरसाईन नगर कार्यसमितिका सभापति इन्जिनियर राजु कुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह बल्दै यादवले रास्वपाको संगठन विस्तारमा जोड दिए ।सो कार्यक्रममा पार्टीका नेता दयानन्द गोईत लगायतको पार्टी आवद्व नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको