सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा रौतहटको जिगरवा स्थायी घर भई लामो समयदेखि गोलबजार–७ मा बसोबास गर्दै आएका अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
प्रहरीका अनुसार कवाडी संकलन गरेर जीविकोपार्जन गर्दै आएका अवास शेखका पाँच सन्तानमध्ये तीन जना आइतबार दिउँसो करिब २:३० बजे घरबाट खेल्न निस्किएका थिए।
खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा गाई–भैंसीलाई पानी खुवाउन बनाइएको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका हुन्।
स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको