काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूको समूहले गरेको आक्रमणपछि तीन जना सरकारी अधिकारीहरू अपहरणमा परेका छन्।
बलुचिस्तानको चागाई जिल्लास्थित डालबन्दिन–तफ्तान राजमार्गमा रहेको एक विभागीय जाँच चौकीमा अज्ञात सशस्त्र व्यक्तिहरूले आक्रमण गरेका थिए । प्राप्त जानकारी अनुसार सोमबार साँझ करिब ३० जनाको संख्यामा आएका हतियारधारीहरूले नियमित जाँचका लागि स्थापना गरिएको उक्त अस्थायी चौकीलाई घेरा हालेका थिए ।
आक्रमणकारीहरूले कर्तव्यपालनमा खटिएका एक्साइज कर्मचारीहरूलाई अपहरण गरेका हुन्। अपहरणकारीले दुई वटा सरकारी गाडी र हतियारहरू पनि लुटेर फरार भएका छन्।







