राजविराज   । सप्तरी सदरमुकाम राजविराजमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव भएपछि ग्यास सिलिन्डर भर्न सर्वसाधारण बिहानैदेखि डिलर तथा विक्रेताका पसलमा लामो लाइनमा बस्न बाध्य भएका छन्।

पछिल्ला केही दिनयता बजारमा एलपी ग्यास सहज रूपमा उपलब्ध हुन नसकेपछि उपभोक्ताले घण्टौं लाइन बसेर पनि ग्यास पाउन कठिनाइ भोगिरहेका छन्। दैनिक उपभोगका लागि अत्यावश्यक ग्यास अभाव हुँदा घरपरिवारको खाना पकाउने कामसमेत प्रभावित भएको स्थानीयको गुनासो छ।

सर्वसाधारणका अनुसार केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै ग्यास वितरणमा ढिलाइ गरेको तथा पर्याप्त मौज्दात हुँदाहुँदै नियमित बिक्री नगरेको आशंका गरिएको छ। यसका कारण उपभोक्तामा थप अन्योल र सास्ती बढेको छ।

स्थानीयवासीले सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाही गर्न र नियमित रूपमा एलपी ग्यास आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।

यता सम्बन्धित ग्यास डिलर तथा आपूर्तिकर्ताको भनाइ भने सार्वजनिक हुन बाँकी रहेको छ। जिल्ला प्रशासन कार्यालय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजारको अवस्थाबारे अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने माग उपभोक्ताले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको