काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेशमा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मधेशमा कुनै पनि आन्दोलन वा प्रदर्शन हुँदा लाठी वा टियर ग्याँस प्रयोग नगरी सिधै गोली किन चलाइन्छ भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।उनले प्रहरीसँग लाठी वा टियर ग्याँस नभएको वा तालिमको कमी भएको हो कि भन्ने प्रश्न गरे ।

मधेशलाई पछाडि पार्ने, गरिब बनाइराख्ने र विरोध हुँदा गोली ठोक्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए । नेपाली सेना मधेसमा जाने बित्तक्कै मधेसका नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञानलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको